जेठ १७ गतेदेखि भारत भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डको तयारी

नेपालभ्युज

जेठ १७ गतेदेखि भारत भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डको तयारी
फाइल फोटो

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ १७ देखि २० सम्म भारतको भ्रमण गर्ने तयारी गरेका छन् ।

जेठ १५ गते प्रतिनिधिसभामा बजेट प्रस्तुत भइसकेपछि प्रचण्ड १७ गते भारत जाने तयारीमा रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रचण्ड १७ गते बेलुका भारत गएर २० गते नेपाल फर्कने गरी तालिका तयार भइरहेको छ ।

भ्रमणलाई फलदायी बनाउन नेपाल र भारतका दुवै पक्षले तयारी गरिरहेका छन् । गएको पुसमा प्रधानमन्त्री बनेका प्रचण्ड चैतमै भारत जाने तयारीमा थिए, भारतीय प्रधानमन्त्रीको समय अभावका कारण सफल भएन । वैशाखमा भ्रमणको लागि पनि सरकारले तयारी गरेको थियो तर जेठमा मात्रै सम्भव हुन लागेको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते नयाँदिल्ली प्रस्थान गर्ने र सोही दिन उनलाई भारतका विदेशमन्त्री एस. जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोबलले स्वागत गर्ने कार्यक्रम छ । जेठ १८ मा मोदी र दाहालबीच हैदराबाद हाउसमा भेटवार्ता हुनेछ ।

भेटवार्तापछि नेपाल र भारतबीच केही महत्वपूर्ण सम्झौता र समझदारी आदानप्रदान हुनेछ । जेठको १९ गते प्रचण्डले भारतकी राष्ट्रपति द्रौपती मुर्मूसँग भेट्ने कार्यक्रम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved