संघीय संसदको संयुक्त बैठक बुधवार अपरान्ह ४ बजे बस्ने

नेपालभ्युज

संघीय संसदको संयुक्त बैठक बुधवार अपरान्ह ४ बजे बस्ने

काठमाडौं ।  संघीय संसदको संयुक्त बैठक बुधवार बस्ने भएको छ ।  प्रतिनिधि सभाको मंगलवारको बैठकमा संघीय संसदको संयुक्त बैठक बोलाइएको हो । संयुक्त बैठक बुधवार अपरान्ह ४ बजे बोलाइएको छ । संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्नका लागि बैठक बोलाइएको सभामुख देवराज घिमिरेले बताए ।

उनले भने, ‘मान्य सदस्यहरु संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालनको नियमावली मस्यौदाको संशोधन मस्यौदा समितिका प्रतिवेदन पेस गर्ने प्रयोजनको लागि संघीय संसदको संयुक्त बैठक मिति २०८०, जेठ १० गते बुधवार दिनको ४ बजे प्रतिनिधि सभा बैठक कक्षमा बस्ने व्यहोरा मान्य सदस्यहरुलाई जानकारी गराउँछु ।’

प्रतिनिधि सभाको अर्को बैठक जेठ १० गते बिहान ११ बजे बस्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved