बजेट विश्वसनीय बनाउन अप्रिय कदम चाल्नुपर्छ : सांसद वाग्ले

नेपालभ्युज

बजेट विश्वसनीय बनाउन अप्रिय कदम चाल्नुपर्छ : सांसद वाग्ले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले देशमा नीतिगत भ्रष्टाचार बढ्दै गएको बताएका छन् ।  शनिबार अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कागजपत्र, नियमावली संशोधन र सके संविधान नै संशोधन गरेर नीतिगत भ्रष्टाचार हुने गरेको बताए । उनले अहिले गल्ती गर्नेहरूलाई समात्न पनि अफ्ठ्यारो हुनेगरी नीतिगत भ्रष्टाचार भइरहेको उल्लेख गरे । उनले अर्थसम्बन्धित विषय अर्थ मन्त्रालयमा नै गएर टुंगिने भन्दै उनले नीतिगत भ्रष्टाचार रोक्न नयाँ सोच अघि सार्नुपर्ने बताउँदै उनले नीतिगत भ्रष्टाचारमाथि प्रहार गर्न आवश्यक रहेको बताए ।

बजेटको आकार विश्वसनीय बनाउन आवश्यक रहेको बताउँदै उनले बजेट विश्वसनीय बनाउन अप्रिय निर्णय लिन आवश्यक रहेको बताए । सांसद वाग्लेले लाइसेन्सिङ र पोलिसी करप्स नलाई प्रहार गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘यो देशमा पोलिसी करप्सन बढ्यो । यसरी गरिन थाल्यो कि अब त कागजपत्र मिलाएर नियमावली संशोधन गरेर उस्तै परे ऐन नै संशोधन गरेर सामर्थ्य भए त संविधान नै संशोधन गरेर पनि करप्शनलाई लिगलाइज गर्ने गरेर गएको छ हामीले हाक्काहाक्की अभियुक्त गल्ती गर्नेहरूलाई पक्रन पनि गाह्रो हुने गरेर यो अघि बढेको छ । धेरै कुराहरू अर्थमन्त्रालयमा नै गएर ठोक्किने भएकाले यसमा पनि केही सोच यहाँले सार्नुहोला । लाइसेन्सिङ र पोलिसी करप्सनलाई यहाँले प्रहार गर्नुहोला । बजेटको आकार विश्वसनीय भएको छैन, यसमा अप्रिय निर्णय गरिदिनुहोला । समग्र बजेटको विश्वसनीयतामा कस्ता-कस्ता अंकहरू तोक हुन्छ भन्ने कुराले तय गर्छ । अनुदान छ्याप्पै सुकेको छ ।
बजेट विश्वसनीय बनाउने हो भने अलिकति अप्रिय निर्मम कदम चालिदिनुहोला ।’

सांसद वाग्लेले बजेट विश्वसनिय बनाउने हो भने अप्रिय र निर्मम कदम चाल्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved