ट्रली बस सञ्चालन गर्ने कुरा सरकारको प्राथमिकतामा छ : मन्त्री बस्नेत

नेपालभ्युज

ट्रली बस सञ्चालन गर्ने कुरा सरकारको प्राथमिकतामा छ : मन्त्री बस्नेत

काठमाडौं। ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारीसाधनको विस्तार गर्ने कुरा सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ऊर्जामा सबैको सहभागिताको सुनिश्चितता र ऊर्जा सुरक्षाको सवाललाई सरकारले पहिलो प्राथमिकतामा राखेको उल्लेख गरे।

विद्युतीय सामग्रीको प्रयोगले वातावरण स्वच्छ हुने बताउँदै उनले विद्युतीय सवारीसाधन विस्तारका लागि चार्जिङ स्टेसन वृद्धि गर्न आवश्यक रहेको भन्दै सरकार चार्जिङ स्टेसन वृद्धि गर्ने कुरामा प्रतिबद्ध रहेको बताए।

मन्त्री बस्नेतले काठमाडौं उपत्यकालगायत मुख्य सहरी क्षेत्रमा ट्रली बसको सम्भावनाबारे सरकारले अध्ययन गरिरहेको र सञ्चालनमा ल्याउने कुरा सरकारको प्राथमिकतामा रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved