किफायती मूल्यमा ब्लुटुथ कलिङ सुविधायुक्त नेपाली स्मार्टवाच सार्वजनिक

नेपालभ्युज

किफायती मूल्यमा ब्लुटुथ कलिङ सुविधायुक्त नेपाली स्मार्टवाच सार्वजनिक

काठमाडौं। अल्टिमा लाइफस्टाइलले एक गुणस्तरीय वेरेवल एसीसोरिज (पहिरन वस्तु) उत्पादनहरूको लागि परिचित उदयीमान नेपाली ब्रान्ड आफ्नो नवरचनात्मक उत्पादन ‘अल्टिमा वाच म्याजिक’ बजारमा सार्वजनिक गरेको छ।

यो अत्याधुनिक स्मार्ट वाचमा आकर्षक मूल्य र उत्कृस्ट विशेषताको उत्तम संयोजन छ। जसका कारण टेक–प्रेमीको लागि यो आवश्यक छनोट हुने कम्पनीको विश्वास छ। अल्टिमा वाच म्याजिक मात्र रु. ३ हजार ५९९ मा दुवै अनलाइन र अफलाइन खरिदका लागि उपलब्ध छ।

अल्टिमा वाच म्याजिकमा १.८३ इन्चीको समेट्रिकल र स्मूथ अल्ट्राभ्यु डिस्प्ले रहेको छ। यसमा उच्च प्रविधीको स्वास्थ्य जाच्ने क्षमता साथै पातलो र आरामदायक प्रीमियम सिलिकन स्ट्र्याप (ब्यान्ड) पनि जडित छ जसले गर्दा दिनभर आरामले घडी लगाउन सकिनेछ।

यो स्मार्टवाच निर्बाध रूपमा सजिलै अल्टिमा स्मार्ट एपसँग कनेक्ट हुन्छ। यतिमात्र नभई यो स्मार्ट वाच आईपी ६८ पानी प्रतिरोधक छ भने यसमा ११० भन्दा बढी स्पोर्ट्स मोड, अटो स्लिप र बल्ड अक्सिजन ट्रयाकिङ प्रविधि पनि छ। जसले गर्दा प्रयोगकर्तालाई स्वस्थ र सक्रिय जीवनशैली ज्ञापन गर्न उत्साहित गर्नेछ।

यी प्रभावशाली सुविधाको सूचीमा अल्टिमा वाच म्याजिकले यो मूल्य खण्डमै पहिलोपटक १.८३ इन्च डिस्प्लेसहितको बीटी कलिङ (ब्लु–तुथ) विशेषता पनि समावेश गरेको छ। अल्टिमा लाइफस्टाइलले हालसालै स्वास्तिमा खड्कालाई आफ्नो कम्पनीको उत्पादनहरूको ब्रान्ड एम्बेसेडर घोषणा गरेको थियो।

अल्टिमा वाच म्याजिकसहित अल्टिमा लाइफस्टाइलका उत्पादनहरू लोकप्रिय अनलाइन प्लेटफर्म दराज र नेपालभरका अफलाइन स्टोरमा उपलब्ध छन्। अल्टिमा वाच म्याजिक आधिकारिक रुपमा जेठ ४ गतेदेखि बजारमा उपलब्ध हुनेछ। वाच म्याजिकको पहिले नै बजारमूल्य रु. ३ हजार ५९९ तय भए पनि अल्टिमाले दराजका पहिलो १०० ग्राहक र हुकुटका पहिलो ५० ग्राहकका लागि विशेष परिचयात्मक मूल्य रु. २ हजार ९९९ मा वाच म्याजिक उपलब्ध गराउने जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved