भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेपालभ्युज

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं। भारतीय आयल कर्पोरेसनले  पेट्रोलियम पदार्थको घटेको मूल्य पठाएको छ । मंगलबार (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँभन्दा केही बढी र पेट्रोलको मूल्य करिब साढे ९ रुपैयाँले घटेर आएको निगमले जनाएको छ ।

हाल डिजेलको उपभोक्ता मूल्य प्रतिलिटर १६५ रुपैयाँ र पेट्रोलको १७५ रुपैयाँ रहेको छ । आईओसीले डिजेटल र पेट्रोलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची १/१ महिनामा पठाउने गरेको छ ।

आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार उपभोक्ता मूल्य के हुने भन्नेबारे निगममा छलफल भइरहेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved