प्रहरीलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाइदिन राप्रपाको माग

नेपालभ्युज

प्रहरीलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाइदिन राप्रपाको माग
फाइल फोटो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनका लागि नेपाल प्रहरीलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाइदिन नेपाल सरकारसँग माग गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सो प्रकरणलाई स्वतन्त्र र निष्पक्ष ढंगले छानबिन गर्नका लागि नेपाल प्रहरीलाई वातावरण बनाई दिन नेपाल सरकार, नागरिक समाज र सञ्चार क्षेत्रसँग पनि आग्रह गरेका हुन् ।

सो प्रकरणमा मुछिएकाहरूले प्रहरीको अनुसन्धानमाथि नै प्रभाव पार्ने खालका गतिविधि गरिरहेका समाचार आइरहेका बेला उनले आइतबार आफ्नै पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै नेपाल प्रहरीले राम्रो काम गरिरहेकाले त्यसलाई स्वतन्त्रतापूर्वक अघि बढन दिनुपर्ने स्पष्ट पारे ।

सो प्रकरणमा संलग्नहरू ढिलोचाँडो सबै तानिने उल्लेख गर्दै उनीहरू कसैले पनि उन्मुक्ति पाउन नहुने दोहोर्‍याउँदै अध्यक्ष लिङदेनले सो प्रकरणलाई शिथिल, कमजोर र फासफुस बनाउने काम नगर्न पनि सरकारलाई सचेत गराए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सो प्रकरणको विरोधमा यही जेठ ४ गते काठमाडौंको वसन्तपुरमा खबरदारी सभासमेत गर्ने भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved