नाबालिका बलात्कार घटना: प्रहरीले जाहेरी नलिने, पीडकले प्रलोभन देखाएर ‘होस्टाइल’ बनाउँदै

अफिस सञ्चालकको बयान- ‘अनुमति बिना मेरो अफिसको कोठामा छिरे, पछि केटीले जबरजस्ती गर्‍यो भन्दै रुँदै आइन्

ज्ञानेश्वरमा बलात्कृत नाबालिकालाई पीडकले जाहेरी दर्ता रोकेर आर्थिक प्रलोभन दिएर ‘होस्टाइल’ बनाउने प्रयास गरेका छन्। नाबालिका बलात्कारजस्तो जघन्य अपराधका घटनाका दोषीले प्रहरीलाई समेत प्रभाव पारेर एक सातादेखि जाहेरी दर्ता गराउन नदिई पीडितलाई प्रलोभन र धम्की दिइरहेका छन्।

नेपालभ्युज

नाबालिका बलात्कार घटना: प्रहरीले जाहेरी नलिने, पीडकले प्रलोभन देखाएर ‘होस्टाइल’ बनाउँदै

काठमाडौं। काठमाडौंको ज्ञानेश्वरमा बलात्कृत नाबालिकालाई पीडकले जाहेरी दर्ता रोकेर आर्थिक प्रलोभन दिएर ‘होस्टाइल’ बनाउने प्रयास गरेका छन्।

बलात्कारजस्तो जघन्य अपराधका घटनाका दोषीले प्रहरीलाई समेत प्रभाव पारेर जाहेरी दर्ता गराउन नदिई पीडित नाबालिकालाई प्रलोभन र धम्की दिइरहेका छन्।

पीडक र प्रहरीकै मिलेमतोमा  एक सातादेखि चौकीमा आइरहेको किटानी जाहेरी दर्ता गरिएन। प्रहरीका केही अधिकारी समेत प्रभावमा परेको आशंका गरिएको यो घटनामा पीडकले आफूविरुद्धको जाहेरी रोक्न हरसम्भव प्रयास गरिरहेका छन्।

२१ वैशाख बिहीबारकाे दिन काठमाडौं महानगरपालिका ३० ज्ञानेश्वरस्थित मसाज सेन्टरमा गोप्य कोठामा लगेर बलात्कार गरेको पीडित किशोरीले नेपालभ्युजलाई बताएकी छिन्।

१७ वर्षीय नाबालिका जाहेरी लिएर प्रहरी कार्यालय जाँदा दर्ता नगरी पीडकलाई उन्मुक्ति दिन खोजिएको छ। सौन्दर्य सामान डिस्ट्रिब्यूट गर्ने ‘रियम एरोमा’ नामको कम्पनीका सञ्चालक राजेश जायन नेपाल नामका व्यापारीले समाज सेन्टरको क्यास काउन्टरमा जागिर लगाइदिने आश्वासन दिएर आफूलाई बलात्कार गरेको नाबालिकाले बताएकी छन्।

अफिस भिजिट गराइदिने बहानामा आयुर्वेदिक मसाज सेन्टरको एक कोठामा लगेको र आफूले चिच्याउँदा मुख थुनेको पीडित किशोरीले बताएकी छिन्। मसाज सेन्टरमा काम गर्ने केही युवतीले समेत घटना भएको विषयमा आफूहरू जानकार रहेको बताएका छन्।

एक युवतीले भनिन्, ‘‘ती बहिनी रुँदै बाहिर निस्किएकी थिइन्। हामीले के भयो भनेर सोध्दा त्यो मान्छेले मलाई जबरजस्ती गर्याे भनिन् पुलिस बोलाउन फोन गर्न लागेकी थिइन्। तर त्यो जबरजस्ती गरेको भनेर आरोप लगाइएको मान्छे आएर मोबाइल खोसिदियो।’’

श्रेष्ठ थरकी समाज सेन्टर सञ्चालकले पनि आफ्नो अफिसमा घटना भएको स्विकारेकी छिन्। तर, यस यसमा आफूले पीडितलाई कानुनी उपचार खोज्न सुझाव दिएको बताइन्।

बलात्कार घटनामा पीडकसँग प्रहरीको मिलेमतो ! ‘मेडिकल टेस्ट’ गर्न पठाइएकी किशोरी बाटैबाट फिर्ता (भिडिओ)

उनले नेपालभ्युजसँग भनिन्, ‘‘राजेश भन्ने व्यापारी आएका थिए। उनी सामान बेच्न आइरहन्थे। २१ गते साँझ पनि आए। मेरो अनुमति नलिई केटी लिएर जरबस्ती एउटा कोठामा छिर्याे। केही समयपछि ती केटी रुँदै बाहिर आइन्। मलाई जबरजस्ती गर्‍यो भन्दै थिइन्।’’ उनले नाबालिका लिएर आएको सीसीटीभी फुटेज आफूसँग सुरक्षित रहेको बताएकी छिन्।

घटनाको भोलिपल्ट २२ गते उजुरी लिएर जाँदा प्रहरीले दर्ता गर्न नमानेको नाबालिकाले बताएकी छिन्। सुरुमा उनी काठमाडौं परिसर पुगिन्। त्यहाँबाट प्रहरीको महिला सेल कालीमाटी पठाइयो।

त्यहाँबाट पनि उनलाई अपराध महाशाखा बानेश्वर पठाइयो। निवेदन लिएको गएको पहिलो दिन २२ गते शुक्रबार महिला सेलले आफूलाई स्वास्थ्य परीक्षणको लागि थापाथली अस्पताल लग्ने तयारी गरिसकेपछि फिर्ता पठाएको पीडित किशोरीको दाबी छ।

प्रहरीले लिन नमानेको उजुरी

आफ्नो गुनासोको सुनुवाइ प्रहरी चौकीमा पनि नभएपछि नाबालिका डिप्रेसनमा जान लागिसकेकी छिन्। ती किशोरीले नेपालभ्युजसँग पीडा पोखिन् ‘‘प्रहरीले पनि जाहेरी दर्ता गरे। मलाई जबरजस्ती गर्नेले पैसा दिन्छु उजुरी फिर्ता लिनु भनिरहेको छ। भनेको नमाने मार्नेसम्मको धम्की दिइरहेको छ। उजुरी दिएर के हुन्छ र । पैसा दिउँला, जागिर दिउँला, तिम्रो लाइफ बन्छ भनेर फकाइरहेका छन्। उता प्रहरीले पनि मेरो कुरा सुनेन। मलाई त मरौंमरौं जस्तो लागिसक्यो।’’

यस घटनामा काठमाडौं प्रहरीले नेपालभ्युजलाई अनुसन्धान गर्ने बताए पनि प्रक्रिया भने अघि बढाएको छैन। यस विषयमा महिलाअधिकारकर्मीको समेत ध्यानाकर्षण भएको छ। पीडित नाबालिका रहेकाले उनमा सही निर्णय लिने क्षमता विकास भएको हुन नसक्ने भन्दै प्रहरीको ध्यानाकर्षण गराउने बताएका छन्। ‘‘गम्भीर घटना सामसुम पार्ने प्रयास सफल हुन दिँदैनौँ। पीडितलाई प्रलोभन होइन न्याय दिलाएर छाड्छौँ, अनुसन्धान गराएरै छाड्छौँ’’ एक अधिकारकर्मीले भने।

भिडिओमा हेरौं\ सुनौँ पीडित किशोरीको भनाइ –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved