नक्कली भूटानी शरणार्थी प्रकरणमा सांसदरुले के भने ?

नेपालभ्युज

नक्कली भूटानी शरणार्थी प्रकरणमा सांसदरुले के भने ?
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिसमशेर जबराले नक्कली भूटानी शरणार्थी सम्बन्धि भ्रष्टाचार आफैँ बाहिर आउने बताएका छन् । मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सांसद राणाले भ्रष्टाचार जस्तो अपराध कसैले लुकाएर नलुक्ने भन्दै आफैं बाहिर आउने बताएका हुन् ।

उनले मुलुकमा भ्रष्टाचार हुँदै नहुनुपर्ने कुरा भएपनि अत्याधिक भ्रष्टाचार भइरहेको बताए। उनले मुलुकमा हरेक क्षेत्रमा भ्रष्टाचार दखिएकाले सहन साध्य नभएको बताए। उनले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन पैसा ठग्ने काम बेइज्जती भएको बताए ।

त्यस्तै,नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारको सन्दर्भमा धुलो टकटक्याउन नपाउने बताए। उनले सरकारले भ्रष्टाचार विरुद्धका फाइल होइन फायर नै खोल्नुपर्ने बताए । उनले २००७ सालमा राणा शासनको अन्त्य पछिका भ्रष्टाचारका प्रत्येक फाइलहरु खोल्नुपर्ने बताए । उनले मुलुकलाई समृद्धि बनाउनको लागि सरकार भ्रष्टाचारका विषयमा निर्मम हुन जरुरी रहेको पनि बताए ।

त्यस्तै नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले नक्कली भूटानी शरणार्थी सम्बन्धि भ्रष्टाचार मुद्दाको छानबिन निष्पक्ष हुनुपर्ने बताए। उनले दोषीले कानून अनुसार कारबाही भोग्नुपर्ने भन्दै सरकारले मन परेकालाई लुसुक मन नपरेकालाई पक्राउ पूर्जी जारी गर्न नमिल्ने बताए। उनले भ्रष्टचारमा संलग्न भएको जसो नाम आएको किन्तु परन्तु नभनी कुनै दबाबमा नपरी काम गर्नुपर्ने बताए ।

उनले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको बीचको भेटलाई शंकाको दृष्टिकोणले हेर्न आवश्यक नभएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved