प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा धकेलियो : सूर्य थापा

नेपालभ्युज

प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा धकेलियो : सूर्य थापा

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद सूर्य थापाले  राष्ट्रिय स्वतन्त्र पार्टीले  प्रतिपक्षमा बस्ने निर्णय गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा धकेलिएको बताएका छन् । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेसँगै शुक्रबार साँझ सामाजिक संजालमार्फत सांसद थापाले यस्तो बताएका हुन् ।

उनका अनुसार पछिल्लोपटक १६४ जनाको समर्थनसहित विश्वासको मत पाएका प्रधानमन्त्री दाहालको समर्थनमा अब   रास्वापाको २१ जनाको समर्थन घटाउँदा  १४३ मत बाँकी रहेको छ।

‘जनमत पार्टीले खानेपानी मन्त्रालय अस्वीकार गरेर बसेको मात्र नभई बाराको उपचुनावमा गठबन्धन र गृहप्रशासनले नांगो धाँधली गरेको हुँदा स्तब्ध र आहत मनस्थितिमा रहेको छ’ थापाले लेखेका छन्,  ‘छिट्टै समर्थन फिर्ता लिएर विपक्षमा बस्ने मनस्थितिमा रहेको छ। यसो गर्दा १४३-६=१३७ मात्र सरकारको साथमा रहने भएको छ। यो स्पष्ट अल्पमत संख्या हो।’

यस प्रकारको अंकगणितमा  दाहाल सरकार विश्वासको मत गुमाएर सत्ताच्युत हुने संभावनाको निकटमा लड्खडाउन पुगेको उनको बुझाई रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved