नापोलीले ३३ वर्षपछि जित्यो सिरी ‘ए’ को उपाधि

नेपालभ्युज

नापोलीले ३३ वर्षपछि जित्यो सिरी ‘ए’ को उपाधि

काठमाडौं। ३३ वर्षपछि नापोलीले इटालियन सिरीको ‘ए’ उपाधि जितेको छ । यसअघि १९८९ र १९९० मा उसले डिएगो म्याराडोनाको पालामा यो उपाधि जितेको थियो ।

तेस्रोपटक उपाधि उचाल्नका लागि एक अंक मात्र आवश्यक परेको बेला उडिनेसको घरेलु मैदानमा एक-एकको बराबरी खेल्दै नापोलीले उपाधि जित्न सफल भयो ।

खेलमा अग्रता भने १३औं मिनेटमा उडिनेसले लिएको थियो । ५२औं मिनेटमा बराबरी गोल फर्काउँदै नापोलीले उपाधि जित्न सफल भयो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved