ओजस थिएटरमा ‘मृत्यु कुण्ड’ (तस्वीरहरु)

ओजस थिएटरमा ‘मृत्यु कुण्ड’ (तस्वीरहरु)

काठमाडौ। रातोपुलमा रहेको ओजस थिएटरमा रविन दोङको लेखन तथा निर्देशनमा तयार भएको नाटक ‘मृत्यु कुण्ड’ मञ्चन भैरहेको छ।

वैदेशिक रोजगार र त्यस्मा आइपर्ने समस्यालाई मुख्य केन्द्र्बिन्दु बनाएर लेखिएको नाटकमा आजकाल देशको युवा शक्ति बिदेशिने जर्जर अवस्थालाई चित्रण गर्ने कोसिस गरिएको छ।

युवा शक्तिमा देखिएको नैराशयता, देशमा बढ्दो बेरोजगारी, अस्थिर राजनिती, चरम गरिबी जस्ता बिषयले युवाशक्तीको बिदेश पलायन को कथालाई नै नाटकले समेटेको छ।

सबिना पाख्रीन तामाङ, राजु खतिवडा, अजय बान्तवा राई, हेमन्त लामिछाने, एलिशा न्यौपाने आदि कलाकारको अभिनय रहेको नाटकमा रमिला तामाङले संगित निर्देशन गरेकी छिन्।

प्रमोद बाबुको निर्माण रहेको नाटक यहि बैशाख २० गतेदेखि जेठ १५ गते सम्म बिहिवार बाहेक हरेक साँझ ५:१५ बजे मञ्चन हुने थिएटरले जनाएको छ। शनिबार र बुधबार भने दिउँसो १ बजे अतिरिक्त शो पनि मञ्चन गरिने छ। तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved