शिल्पी थिएटरमा ‘डल्ले खोला’ : भ्रष्टाचारविरुद्धको सशक्त आवाज (तस्वीरहरु)

खोटाङ जिल्लाको डल्ले खोला नदीको कथालाई केन्द्रमा राखेर बनेको यो नाटकले तत्कालीन पञ्चायती व्यवस्थामा गाउँका जान्नेबुझ्नेहरूले नदीकै नाममा गरेको भ्रष्टाचारको पाटोलाई सशक्त रूपमा उजागर गरेको छ।

शिल्पी थिएटरमा ‘डल्ले खोला’ : भ्रष्टाचारविरुद्धको सशक्त आवाज (तस्वीरहरु)

काठमाडौं। रङ्गकर्मी वेदना राईको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटक ‘डल्ले खोला’ बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा जेठ २९ गतेदेखि नियमित मञ्चन भइरहेको छ। कथाकार परशु प्रधानको प्रसिद्ध कथा ‘डल्ले खोला’ मा आधारित यो नाटक कक्षा आठको नेपाली पाठ्यक्रममा समेत समावेश गरिएको छ।

खोटाङ जिल्लाको डल्ले खोला नदीको कथालाई केन्द्रमा राखेर बनेको यो नाटकले तत्कालीन पञ्चायती व्यवस्थामा गाउँका जान्नेबुझ्नेहरूले नदीकै नाममा गरेको भ्रष्टाचारको पाटोलाई सशक्त रूपमा उजागर गरेको छ। समाजमा व्याप्त भ्रष्टाचारको विद्रूप चित्र प्रस्तुत गर्दै नाटकले दर्शकलाई गहिरो सन्देश प्रवाह गरेको छ।

एक थिएटर नेपालको पहिलो प्रस्तुति रहेको यस नाटकलाई सौजन सेनेहाङले निर्माण गरेका हुन्। नाटकमा उमेश सुनाम, अमित मगर, रञ्जना नेपाली, रचना मगर, रेजिना राई, सोहाङ राई थुलुङ, स्वर्णिम चाम्लिङ, ओसिन गुरुङ, पुष्पाञ्जली तिम्लिङ लिम्बू, रमिता राई, आकाश सुहाङ लिम्बू, अञ्जना थुलुङ राई, नुमा राई, प्रकृति थुलुङ राई, प्रिति चाम्लिङ राई, युगल श्रेष्ठ र सरोज खालिङ राई लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ।
नाटक ‘डल्ले खोला’ को मञ्चन असार १४ गतेसम्म जारी रहनेछ। मंगलबारबाहेक हरेक दिन साँझ ५:१५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शोसहित नाटक हेर्न सकिनेछ।

हेर्नुस्  तस्वीरहरु-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved