मण्डला थिएटरमा ‘हत्या’ : अपराध र मनोविज्ञानको मञ्चन (तस्वीरहरु)

मण्डला थिएटरको ‘Re-Act’ अभिनय कार्यशालाको तेस्रो ब्याचले आफ्नो अन्तिम प्रस्तुतिको रूपमा असार ५ गतेदेखि यो नाटक मञ्चन गर्न सुरु गरेको हो। यसले उनीहरूको लामो अभ्यास र सिकाइको परिपक्वतालाई झल्काउँछ।

मण्डला थिएटरमा ‘हत्या’ : अपराध र मनोविज्ञानको मञ्चन (तस्वीरहरु)

काठमाडौं। ब्रिटिश लेखक प्याट्रिक ह्यामिल्टनको चर्चित मनोवैज्ञानिक थ्रिलर ‘Rope’ मा आधारित नाटक ‘हत्या’ को मण्डला थिएटरमा मञ्चन सुरु भएको छ।  नाटकले अपराधको जटिलता, मनोविज्ञान र समाजसँगको यसको सम्बन्धलाई गहिरोसँग केलाएको छ।

मण्डला थिएटरको ‘Re-Act’ अभिनय कार्यशालाको तेस्रो ब्याचले आफ्नो अन्तिम प्रस्तुतिको रूपमा असार ५ गतेदेखि यो नाटक मञ्चन गर्न सुरु गरेको हो। यसले उनीहरूको लामो अभ्यास र सिकाइको परिपक्वतालाई झल्काउँछ।

रंगकर्मी सुदीप तिमिल्सिनाको नेपाली अनुवाद र निर्देशनमा तयार पारिएको सो नाटकमा सोमराज यदुवंशी, प्रेमा लामगडे, पौरख मर्दन बस्न्यात, निकेश आचार्य, सागर तामाङ, सागर खड्का, बिक्रान्त रेग्मी र कृष्ण कुमार यादवले अभिनय गरेका छन्। उनीहरूको सशक्त अभिनयले नाटकलाई थप जीवन्त बनाएको दर्शकहरूले बताएका छन्।

‘हत्या’ नाटक असार १५ गतेसम्म हरेक दिन साँझ ४ बजे मञ्चन गरिनेछ। यसका साथै, शनिबार दिउँसो १२ बजे अतिरिक्त शो पनि प्रदर्शन गरिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved