‘मीरा’मार्फत रेखा थापाको रंगमञ्चमा डेब्यू (तस्वीरहरु)

‘मीरा’मार्फत रेखा थापाको रंगमञ्चमा डेब्यू (तस्वीरहरु)

काठमाडौं। विगत २५ वर्षदेखि नेपाली चलचित्रमा अभिनय गरिरहेकी नायिका रेखा थापाले रंगमञ्चमा डेब्यू गरेकी छन्।

गैरीधारास्थित कान्तिपुर थिएटरमा लेखक दीपक सिंजालीको उपन्यासमा आधारित नाटक ‘मीरा’मार्फत थापाले रंगमञ्चको यात्रा सुरु गरेकी हुन्। यो नाटक कान्तिपुर थिएटरको पहिलो प्रस्तुति समेत हो।

एक युवतीको प्रेम, वियोग, आत्मखोज र सामाजिक संरचनासँगको संघर्षको कथा हो ‘मीरा’। सोह्रौं शताब्दीकी कृष्णभक्त मीराबाईको मिथकलाई समकालीन परिवेशमा प्रस्तुत गरिएको यो नाटक, भावनात्मक रूपले सशक्त बनेको छ।

सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा बनेको नाटकमा विशाल पहारी, बिन्दा खतिवडा, विशाल देवकोटा, गीत विस्ट, डोरेश खतिवडा, उन्नत उप्रेती र सुनिल खड्काको अभिनय रहेको छ।

रेखा थापाले यस नाटकमार्फत रंगमञ्चमा डेब्यु गरे संगै अभिनेता विशाल पहारी चार दशकपछि रंगमञ्चमा फर्केका छन्।

जेठ १९ देखि सुरु भएको नाटक असार ७ गतेसम्म बुधबार बाहेक हरेक साँझ ५ः३० बजे मञ्चन हुनेछ।

तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved