पुटिनलाई मार्न खोजेको जेलेन्स्कीद्धारा अस्वीकार, रुसले आक्रमणको बहाना बनाएको भनाइ

नेपालभ्युज

पुटिनलाई मार्न खोजेको जेलेन्स्कीद्धारा अस्वीकार, रुसले आक्रमणको बहाना बनाएको भनाइ

एजेन्सी। युक्रनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई मार्न खोजेको र राजधानी क्रेमलिनमा आक्रमण गर्न खोजेको आरोप अस्वीकार गरेका छन् ।

रुसी राष्ट्रपतिको कार्यालयको प्रतिरक्षा युनिटले भने युक्रेनले रातारात दुई ड्रोन खसालेर राष्ट्रपति पुटिनको हत्या गर्ने योजना बनाएको बताएको छ ।

रुसी राष्ट्रपति कार्यालयले युक्रेनले क्रेमलिनमा पुटिनको निवासमा हमलाको प्रयास गरेको र यसलाई नियोजित आतंकवादी कार्य र राष्ट्रपतिको हत्या प्रयास भनेर वर्णन गरेको बताएको छ।

तर यस्ता आरोपमा युक्रेनले कडा शब्दमा आपत्ति जनाएको छ ।

“हामी पुटिन वा मस्कोमा आक्रमण गर्दैनौं। हामी हाम्रो भूमिमा लड्छौं। हामी हाम्रो गाउँ र शहरहरूको रक्षा गर्दैछौं,” फिनल्याण्डको भ्रमणमा बोल्दै जेलेन्स्कीले भने।

युक्रेनले रुसी आरोपहरू आफ्नो क्षेत्रमा ठूलो आक्रमणको बहाना मात्र भएको बताएको छ । अमेरिकाले रुसी दाबीलाई धेरै सावधानीपूर्वक व्यवहार गरिरहेको बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved