माओवादीको घमण्ड र दम्भले गतिलो संकेत दिएको छैन : माधव नेपाल

सुर्खेतमा भएको कार्यक्रममा नेपालले गठबन्धनमा आफ्नो पार्टीलाई उपेक्षा गर्ने काम भइरहेको गुनासो गरेका छन् । उनले आफूहरूले गरेको योगदान नबिर्सिन चेतावनीसमेत दिएका छन् ।

नेपालभ्युज

माओवादीको घमण्ड र दम्भले गतिलो संकेत दिएको छैन : माधव नेपाल

सुर्खेत। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले माओवादीको घमण्ड र दम्भले गठबन्धन धरापमा पर्न सक्ने चेतावनी दिएका छन् ।

सुर्खेतमा भएको कार्यक्रममा नेपालले गठबन्धनमा आफ्नो पार्टीलाई उपेक्षा गर्ने काम भइरहेको गुनासो गरेका छन् । उनले आफूहरूले गरेको योगदान नबिर्सिन चेतावनीसमेत दिएका छन् ।

कर्णालीमा माओवादीको दम्भ र घमण्ड देखिएको उनको भनाई छ ।  नेपालले भने, ‘कर्णालीमा माओवादीको दम्भ र घमन्डले हाम्रा साथीहरू दु:खी हुनुहुन्छ ‌ । सरकारमा एकलौटी गरिएको छ । गठबन्धन टिकाउने कुरा भइरहँदा हाम्रो पार्टीलाई बाइपास गर्न खोजिँदैछ, पीडा दिइएको छ । यसले धरापमा पर्नसक्छ । मैले मनको पीडा पोखेको हुँ ।’

आफूल प्रधानमन्त्री हुँदा देशको विकासमा निकै धेरै योगदान गरेको दाबी गर्दै नेपालले कर्णालीको विकासको लागि आफू जति चिन्तित अरु नभएको जिकिर गरे ।

एमाले अध्यक्ष ओलीले सत्तामा रहँदा राज्यशक्तिको चरम दूरुपयोग गरेको अध्यक्ष नेपालको आरोप थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved