लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

नेपालभ्युज

लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

काठमाडौं। लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन्। मंगलबारको प्रदेश सभा बैठकमा नवनियुक्त मुख्यमन्त्री चौधरीका पक्षमा ५३ र विपक्षमा २९ मत परेको हो ।

त्यस्तै, ४ सिट रहेको राप्रपाले कतै पनि मत दिएन । आठ दलका ५२ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा चौधरी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

नेकपा माओवादी केन्द्रको समर्थनमा नेकपा एमालेका लीलानाथ गिरीको नेतृत्वमा गठन भएको सरकारले विश्वासको मत पाउन नसके पछि गत बिहीबार ढलेको थियो ।

सो सरकार ढले पछि माओवादी केन्द्रलगायतका राजनीतिक दलको समर्थनमा नेपाली कांग्रेसका चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । मुख्यमन्त्री चौधरीले माओवादीका धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सन्तोष पाण्डेय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई मन्त्री नियुक्ति गर्दै पद तथा गोपनीयताको शपथ लिएका थिए ।

विश्वासको मत पाएसँगै मुख्यमन्त्री चौधरीले तीनै जना मन्त्रीको जिम्मेवारी तोक्ने तथा नयाँ अनुहारलाई मन्त्रीमा नियुक्त गर्ने योजना बनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved