राजनीतिमा अनेकौँ फोहोर जमेको छ, सफा गर्न चाहन्छौँ : अध्यक्ष नेपाल

नेपालभ्युज

राजनीतिमा अनेकौँ फोहोर जमेको छ, सफा गर्न चाहन्छौँ : अध्यक्ष नेपाल
फाइल तस्वीर । नेपालभ्यूज ।

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीति विकृत भएको बताएका छन् । सोमवार काठमाडौंमा एकीकृत ट्रेड युनियन महासंघ नेपाल (आईसीटीयु) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालको राजनीतिमा फोहोर जमेको र त्यसलाई सफा गर्नुपर्ने बताए । उनले राजनीति मानिसका लागि घृणाको विषय बनेको बताए । उनले नेपालको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएकोप्रति आपत्ति जनाए । उनले भ्रष्टाचार, सहज रुपमा सेवा प्रवाह नगर्नु र जनताको पीडा र वेदनालाई बेवास्ता गर्ने प्रवृत्तिले नेपालको राजनीतिप्रति निराशजनक रहेको  बताए।

‘हामी देशको राजनीतिलाई पनि राम्रो दिशामा लैजान चाहन्छौं। राजनीतिमा अनेकौँ फोहोर जमेको छ, त्यसलाई सफ गर्न चाहन्छौँ । राजनीति मानिसका लागि घृणाको विषय बनेको छ, किनभने विकृत भएको छ, भ्रष्टाचारमा डुबेको छ’ उनले भने,  ‘नेपालको राजनीतिमा नकारात्मकताको प्रचार हुँदै गएको छ । यसको कारण भ्रष्टाचार,  सहज रुपमा सेवा प्रवाह नगर्ने प्रवृत्ति,  जनताको पीडा र वेदनालाई बेवास्ता गर्ने प्रवृत्ति र हाम्रा सबै कामहरुले जनताको निम्ति परिणाम दिन नसक्नु हो ।’

अध्यक्ष नेपालले अबको समयमा स्वदेशमा रोजगारी दिने, सीप प्रर्वद्धन गर्ने र जनतामा सेवा सहज बनाउने कुरामा ध्यान दिनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved