बजेट अगावै कोशी प्रदेशको नेतृत्व परिवर्तन हुन्छः ज्ञानेन्द्रबहादुर कार्की

नेपालभ्युज

बजेट अगावै कोशी प्रदेशको नेतृत्व परिवर्तन हुन्छः ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं ।  नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेसँग सत्ता सहकार्यको कुनैपनि सम्भावना नरहेको बताएका छन् । सडक शिलान्यासका लागि इनरुवा पुगेका कार्कीले काँग्रेस र एमाले मिल्ने आँकलन सहितका टिका टिप्पणी सुनिने गरेको भएपनि त्यसमा सत्यता भने नरहेको बताएका हुन् ।

उनले नेकपा एमाले अबको ५ वर्ष प्रमुख प्रतिपक्षमा रहने बताए।   उनले प्रदेश र केन्द्रमा गठबन्धनकै सरकार निर्माण हुने बताए । उनले केन्द्रमा नेतृत्व परिवर्तन भएझैँ प्रदेशमा पनि नेतृत्व परिवर्तन हुने बताए ।

‘एमाले प्रमुख प्रतिपक्षमा ५ वर्ष रहने छ । एमाले र नेपाली कांग्रेस मिलेर सरकार बन्दैन भन्ने कुरा यहीँबाट उद्घोष गर्न चाहन्छु । यो सरकार यही गठबन्धन ५ वर्ष रहने छ । केन्द्रमा पनि रहने छ र प्रदेशमा समेत रहने छ’ उनले भने, जसरी केन्द्रमा नेतृत्व परिवर्तन भयो त्यस्तै गरेर प्रदेश सरकारको नेतृत्व परिवर्तन हुनेछ ।’ नेता कार्कीले असारको बजेट अगावै कोशी प्रदेशमा समेत सरकारको नेतृत्व परिवर्तन हुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved