जनकपुरमा आज जानकी नवमी मनाइँदै

नेपालभ्युज

जनकपुरमा आज जानकी नवमी मनाइँदै

जनकपुरधाम। जनकपुरधाममा आज जानकी नवमी मनाइँदै छ। आदर्श नारी सीताको वैशाख शुक्ल नवमी अर्थात् आजकै दिन मिथिलामा जन्म भएको धार्मिक मान्यताअनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउने गरिन्छ ।

आज बिहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायत मन्दिरहरूमा श्रद्धालुहरूको भीड लागेको छ । जानकी मन्दिर व्यवस्थापन पक्षले आज विभिन्न कार्यक्रम आयोजन गरेको छ ।

आज बिहानै दूधमती नदीमा स्नान, १० बजेदेखि मन्दिरमा बधाइगान, १२ बजे प्राकट्य उत्सव, साँझमा जानकी डोला यात्रा, राति तिल्कोत्सव र पुनः बधाई गानको कार्यक्रम राखिएको छ ।

जानकी नवमीमा सहभागी हुन नेपाल तथा भारतबाट श्रद्धालु भक्तजनहरू जनकपुर आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved