नातेदार प्रधानमन्त्रीलाई ऋण मिलाइदिएको आरोपपछि बीबीसीका अध्यक्षको राजीनामा

नेपालभ्युज

नातेदार प्रधानमन्त्रीलाई ऋण मिलाइदिएको आरोपपछि बीबीसीका अध्यक्षको राजीनामा

बीबीसीका अध्यक्ष रिचर्ड सार्पले राजीनामा दिएका छन्। बोरिस जोनसनलाई ऋण दिलाउन खेलेको भूमिकाबारे लुकाएको आरोपपछि भएको छानबिनमा उनले आचारसंहिता उल्लंघन गरेको पाइएको थियो।

ब्यारिस्टर एडम हेप्पिन्स्टलले तयार गरेको रिपोर्ट शुक्रबार प्रकाशित भएको हो।

सार्पले क्याबिनेट सेक्रेटरी साइमन केस र प्रधानमन्त्री जोनसनको टाढाका एक नातेदार साम ब्लाइदबीचको भेट जुराइदिएको स्वीकार गरेका थिए।

जसले जोनसनले ८ लाख पाउन्ड ऋण दिने प्रस्ताव गरेका थिए।त्यो बैठक भएका बेला सार्पले बीबीसीमा नियुक्तिका लागि आवेदन दिइसकेका थिए।

उनले आवेदन दिनुअघि नै जोनसनसँग त्यसबारे इच्छा व्यक्त गरेको र जोनसनलाई ब्लाइदसँग भेट गराउने बताएकाले सम्भावित स्वार्थको द्वन्द्वबारे नखुलाएको रिपोर्टमा उल्लेख छ।

प्रधानमन्त्रीलाई निजी मामिलामा आर्थिक रुपले सघाएको बदलामा सार्प बीबीसी अध्यक्षमा नियुक्तिका लागि सिफारिस भएको देखिने जोखिम रहेको रिपोर्टले जनाएको छ। सार्पले सार्वजनिक नियुक्तिको आचारसंहिता उल्लंघन गरे पनि त्यो जानीजानी नगरेको बताउँदै राजीनामा दिएका छन्। एजेन्सी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved