कसले लेख्यो प्रचण्डलाई ‘जनताको छोराछोरी मारेको हत्यारा ?’

नेपालभ्युज

कसले लेख्यो प्रचण्डलाई ‘जनताको छोराछोरी मारेको हत्यारा ?’

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिरमा भ्रामक र आपत्तिजनक शब्द लेखेर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा प्रहरीले एक व्यक्तिको खोजी गरिरहेको छ।

केन्द्रीय साइबर ब्युरोले डोटीको दिपायल बस्ने ४७ वर्षीय टेकबहादुर कठायतको खोजी गरिरहेको हो। यद्यपि, उनी पक्राउ नपरे पनि काठमाडौं जिल्ला अदालतमा कठायतविरुद्ध मुद्दा भने दायर भएको छ।

कठायतलाई फरार प्रतिवादी बनाएर काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको बुझिएको छ। कठायतले प्रधानमन्त्रीको तस्वीरमा ‘म नमरेसम्म नेपाल कहिल्यै बन्दैन’ जनताको छोराछोरी मारेको र ‘म हत्यारा हो’ जस्ता शब्द लेखेर श्रद्धाञ्जलिसमेत भनेका छन्।

उनले ग्यालेक्सी फोरके एनपी नामक सामाजिक सञ्जालमा लेखेका शब्द उनको आफ्नै हो वा अन्तबाट साभार गरेको भन्ने खुलेको छैन।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved