रवि निर्वाचित भएसँगै ढाकाकुमार पदमुक्त, संयोग कि योजनामा !

नेपालभ्युज

रवि निर्वाचित भएसँगै ढाकाकुमार पदमुक्त, संयोग कि योजनामा !

काठमाडौं। प्रतिनिधिसभाको उपनिर्वाचनमा चितवन-२ बाट पार्टी सभापति रवि लामिछाने निर्वाचित भएको घोषणासँगै सो पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएको सूचना बाहिरिएको छ।

आजको संसद बैठकमा रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएको सभामुखले संसदलाई जानकारी गराउने कार्यसूचीमा छ। बिहानसम्म यो कार्यसूची बाहिर ल्याइएको थिएन । लामिछाने निर्वाचित भएलगत्तै यो सूचना बाहिर आएको हो। लामिछाने प्रतिद्वन्द्वीभन्दा पाँच गुणा मत ल्याएर विजयी भएका हुन्।

ढाकालाई झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको आरोपमा रास्वपाले सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । सोहीअनुसार सांसद सचिवालयमा प्राप्त सूचना आज सभामुख देवराज घिमिरले संसदलाई जानकारी गराउन लागेका हुन्।

प्रतिनिधिसभा बैठकको कार्यसूचीमा सभामुखले राजनीतिक दलसम्बन्धी ऐनबमोजिम दलबाट निष्कासन गरेको सूचनाको जानकारी गराउने तय भएको छ।

श्रेष्ठ रास्वपामा समानुपातिक कोटामा आएका सांसद हुन् । उनको ठाउँमा रास्वपाले विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरिसकेको छ। सभामुखले संसदमा जानकारी गराएपछि निर्वाचन आयोगले कंसाकारलाई सांसद नियुक्तको प्रक्रिया थाल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved