चितवनमा रवि समर्थकको हुटिङ सुरु

नेपालभ्युज

चितवनमा रवि समर्थकको हुटिङ सुरु
तस्वीर : सामाजिक सञ्जाल

काठमाडौं। आइतबार उपनिर्वाचन भएको तीन वटै निर्वाचन क्षेत्रको मतगणना जारी छ। पछिल्लो मत परिणामअनुसार चितवन-२ र तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र स्वर्णिम वाग्ले अगाडि छन् भने बारा-२ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले अग्रता लिएका छन्।

यता, चितवन-२ मा मतगणना सुरु भएसँगै रास्वपाका समर्थकले मतगणनास्थल वरपर हुटिङ सुरु गरेका छन्। यहाँ उम्मेदवार रवि लामिछानेका समर्थकको भीड लागेको छ।

पछिल्लो मतपरिणामअनुसार चितवन २ मा रविको अग्रता रहेको छ भने एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । चितवन २ मा २२ जना उम्मेदवार रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved