स्वर्णिम वाग्लेको गाडी तोडफोड, घटना संकास्पद !

नेपालभ्युज

स्वर्णिम वाग्लेको गाडी तोडफोड, घटना संकास्पद !

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट तनहुँ – १ मा उम्मेदवार रहेका डा.स्वर्णिम वाग्लेका बुबाआमाले चढ्दै आएको गाडी तोड्फोड भएको छ।

पार्किङ गरेर छाडेको कार रातीमा तोड्फोड भएको अवस्थामा भेटिएको हो। घटना संकास्पद देखिएको छ। वाग्लेकाका आफन्तले दिएको जानकारी अनुसार चैत २७ गते चितवनदेखि वाग्लेका बाबुआमालाई सोही गाडीमा तनहुँ ल्याएको थियो।

निर्वाचनको समयमा वाग्लेका बाबुआमालाई चुनावी प्रचारमा समेत प्रयोग गरिएको बुझिएको छ। सोहीक्रममा बिहीबार बेलुका साढे ८ बजे कारलाई दमौली बजारमा रहेको मालपोत कार्यालय अगाडिको सन्तोष होटलमा पार्किङ गरेर राखेको र कार त्यहीं तोडफोड भएको अवस्थामा भेटिएको हो।

होटेल अगाडि पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको कारको बायाँ भागमा क्षती पुगेको जनाईएको छ । कारको सिसा तोड्फोड भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। कार मालिक भने दीलकमारी खनाल भएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved