ओमानविरुद्ध खराब सुरुआत गरेको नेपालले गुमायो चौथो विकेट, भीम सार्की आउट

एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत पहिलो खेलमा मेलेसियाविरूद्ध शानदार जित निकालेको नेपालले दोस्रो खेलमा भने अपेक्षित प्रदर्शन गर्न सकिरहेको छैन। जारी दोस्रो खेलमा ओमानविरुद्ध खराब सुरुआत गरेको नेपालले चौथो विकेट गुमाएको छ। ३३ रन बनाएर भीम सार्की पेबेलियन फर्किएका छन्।

नेपालभ्युज

ओमानविरुद्ध खराब सुरुआत गरेको नेपालले गुमायो चौथो विकेट, भीम सार्की आउट

काठमाडौं। एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत पहिलो खेलमा मेलेसियाविरूद्ध शानदार जित निकालेको नेपालले दोस्रो खेलमा भने अपेक्षित प्रदर्शन गर्न सकिरहेको छैन। जारी दोस्रो खेलमा ओमानविरुद्ध खराब सुरुआत गरेको नेपालले चौथो विकेट गुमाएको छ। ३३ रन बनाएर भीम सार्की पेबेलियन फर्किएका छन्।

५६ बल खेलेका सार्कीले ४ चौका र १ छक्काको मद्दतमा ३३ रन बनाएका हुन्।

यसअघि पनि नेपालले कप्तान रोहित कुमार पौडेललाई २३ रनमा गुमाएको थियो। खराब सुरुआतले यी दुवै ब्याट्सम्यानले सम्हालिरहेको अवस्थामा यी दुवै आउट भएपछि नेपाललाई थप दबाब बढेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आफ्ना दुवै ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई शून्यमा गुमाएको थियो।
भुर्तेलले ८ बल र शेखले १० बल खेले पनि दुवैले कुनै रन जोड्न सकेनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved