वडाअध्यक्षहरुले कालोपट्टी बाँधेर विरोध गरेपछि मेयर हर्क साम्पाङले भने – ‘राजीनामा दिनुहोस्’

विवाद, चर्चा, प्रशंसा र आलोचना उनका लागि घटित भइरहने मामिला हुन्। वडाध्यक्षहरूसँगको विवाद अहिले उत्कर्षमा पुगेपछि बिहीबार मेयर साम्पाङले विज्ञप्ति जारी गरेरै वडाध्यक्षहरूको राजीनामा माग गरेका छन्।

नेपालभ्युज

वडाअध्यक्षहरुले कालोपट्टी बाँधेर विरोध गरेपछि मेयर हर्क साम्पाङले भने – ‘राजीनामा दिनुहोस्’

काठमाडौं । अक्सर चर्चा र विवादमा रहने स्थानीय तहका एक जनप्रतिनिधि हुन् –हर्क साम्पाङ।

विवाद, चर्चा, प्रशंसा र आलोचना उनका लागि घटित भइरहने मामिला हुन्। वडाध्यक्षहरूसँगको विवाद अहिले उत्कर्षमा पुगेपछि बिहीबार मेयर साम्पाङले विज्ञप्ति जारी गरेरै वडाध्यक्षहरूको राजीनामा माग गरेका छन्।

कार्यपालिका बैठकमै नआउने, जनताको काम नगर्नेहरू अब पद ओगटेर किन बसिरहनु प¥यो ? उनले भनेका छन्।
बिहीबार साम्पाङले एक विज्ञप्ति जारी गर्दै उनले वडा कार्यालयहरूमा भएका कामकारबाहीका कागजहरू नगरपालिकामा ल्याएर बुझाउन निर्देशन दिएका छन्। बिना कारण कार्यपालिका बैठक बस्न नसकेको भनेर वडा अध्यक्षहरूलाई राजीनामा गर्न भनेका छन् ।

कार्यपालिका बैठकमा अनिवार्य उपस्थित हुनु पर्ने नियम विपरीत वडाअध्यक्षहरुले बैठक बहिष्कार उनीहरूको राजीनामा माग्नु परेको विज्ञप्तिमा उल्लेख छ ।

मेयर साम्पाङकै हस्ताक्षरमा जारी विज्ञप्तिको अन्तिममा लेखिएको छ ‘हामी कार्यपालिकामा रहने सबैका लागि कार्यपालिका बैठक बस्नै पर्ने हामी सबैको कर्तव्य हो। यो कसैको अधिकार, रहर या चाहनाको कुरा होइन यो बाध्यकारी कर्तव्य रहेको कुरा बोध गराउन चाहन्छु। कसैले ‘म बैठक बस्दिन’ भन्न पाइँदैन त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved