राष्ट्रपति पौडेलको स्वास्थ्य सुधार हुँदै

नेपालभ्युज

राष्ट्रपति पौडेलको स्वास्थ्य सुधार हुँदै

काठमाडौं। भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ।

पौडेलको उपचारमा संलग्न डाक्टरहरूले बिहीबार उनको अवस्था सुधार हुँदै गएको जानकारी दिएका नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ । नयाँ दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा राष्ट्रपति पौडेलको उपचार भइरहेको छ। उनी उपचारका लागि हिजो बुधवार नयाँ दिल्ली गएका हुन्।

नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्य र डाक्टरले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो । राष्ट्रपति पौडेलको छातीमा
सङ्क्रमण देखिएको थियो ।

राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा निरज बम, परिवारका सदस्य र सात जना डाक्टरको टोली छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved