रास्वपाका तीन भाइले आज कुरा खोल्ने !

नेपालभ्युज

रास्वपाका तीन भाइले आज कुरा खोल्ने !

काठमाडौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनको अन्तिम प्रचार-प्रसार सहितको चुनावी सभामार्फत आज दिउँसो चितवनबाट केही नयाँ खुलासा गर्ने जनाएको छ।

वैशाख १० गते हुने चितवन, बारा र तनहुँको उपनिर्वाचनमा उम्मेदवार रहेका तीनैजना उम्मेदवार उपस्थित भएर सभामा सम्बोधन गर्ने र त्यसमा रास्वपाविरुद्ध अन्य दलका गतिविधिबारे नयाँ खुलासा हुने स्रोतको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको भरतपुर १० स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको चौरमा दिउँसो ३ बजे चुनावी सभा गर्दैछ। सभामा कांग्रेसका नेता एवं पूर्व सांसद जगन्नाथ पौडेलको ‘भुइँकटहर’ समूहले रविलाई समर्थन गर्ने बुझिएको छ।

चुनावीसभा विशेष हुने कुरा रास्वपा सभापति तथा चितवन २ का उम्मेवार रवि लामिछानेले फेसबुकमा लेखेका छन्। उनले लेखेका छन्–‘आजको सभा विशेष छ । सारा राजनीतिक दल एकातिर, रास्वपा अर्कातिर । यो वारपारको राजनितिक भिडन्तबारे आज हामी तिनै भाइले चितवनका जनतामार्फत सिङ्गो देशलाई केही सुनाउनु छ । आजको तपाईंको उपस्थिति अर्थ राख्छ ।’

आजको अन्तिम चुनावी सभामा सभापति लामिछानेसहित तनहुँ १ का उम्मेवार डा.स्वर्णिम वाग्ले र बारा २ का उम्मेदवार पूर्वडीआईजी रमेश खरेलले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved