बुधबारदेखि ३ दिनका लागि सीमा नाका बन्द

नेपालभ्युज

बुधबारदेखि ३ दिनका लागि सीमा नाका बन्द

बारा । आगामी  वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन लक्षित गर्दै नेपाल भारत सीमा नाका बन्द गरिने भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बुधाबार एक सूचना जारी गर्दै   बारा जिल्लासँग जोडिएका नेपाल भारतका सीमा नाका बिहीबार रातिदेखि ३ दिनका लागि बन्द गरिने जानकारी दिएका हुन् ।

उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षालाई दुष्टिगत गरी स्थानीय प्रशासन ऐन २०२८ को प्रावधान अनुसारको यस्तो आदेश गरिएको हो ।

जारी  सूचना अनुसार  बारा क्षेत्र नं.२ भित्र पर्ने हुलाकी राजमार्ग लगायत सम्पूर्ण राजमार्ग ९ गते राती १२ देखि १० गते साँझ ७ बजेसम्मका लागि  बन्द गरिनेछन्  ।  यस्तै जिल्ला सुरक्षा समितिको बैठकले मंगलबारदेखि १० गतेसम्म जिल्ला भरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाएको छ ।

वैशाख १० गते बारा-२, चितवन-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदैछ ।

यस्तो छ सूचना 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved