सदनमाथि सरकारको हालीमुहाली धेरै भयो : सांसद श्रेष्ठ

नेपालभ्युज

सदनमाथि सरकारको हालीमुहाली धेरै भयो : सांसद श्रेष्ठ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमाथि सरकारको हालीमुहाली अति नै भएको भन्दै बन्द गर्न आग्रह गरेकी छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद श्रेष्ठले संसदमाथि सरकारको हालीमुहाली भएको भन्दै यसलाई बन्द गर्न आग्रह गरेकी हुन् ।

उनले मंगलबार बस्ने भनिएको सभाको बैठक मन्त्रिपरिषद् बैठकका लागि भन्दै स्थगित भएकोप्रति असन्तुष्टि जनाइन् । उनले जनप्रतिनिधिको समयको केही मूल्य नहुने हो भनी प्रश्न समेत गरिन्।

उनले संसद् र मन्त्रिपरिषद् दुई निकायबीच समन्वय गर्न नसक्नेले धेरै मन्त्रालयका बीचमा समन्वय गर्ने खालको काम कसरी गरिएला ? भनेर प्रश्न गरिन् ।

सांसद श्रेष्ठले सरकारको मनोमानीमा सदनको समय र देशको ढुकुटी रित्याइने गरिएको बताइन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved