कानुनमन्त्री भन्छन्- चोलेन्द्रविरुद्धको महाभियोग सभामुखले टुङ्गो लगाउनुहुन्छ

नेपालभ्युज

कानुनमन्त्री भन्छन्- चोलेन्द्रविरुद्धको महाभियोग सभामुखले टुङ्गो लगाउनुहुन्छ

काठमाडौं । कानुनमन्त्रीको समेत जिम्मेवारी प्राप्त गरेका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगबारे सभामुखले निर्णय लिने बताएका छन् ।

बुधबार कानुनमन्त्रीको जिम्मेवारी सम्हाल्ने क्रममा पत्रकारहरूले गरेको प्रश्नमा उनले यस्तो बताएका हुन् । “यसबारे सभामुखले नै निर्णय लिनुुहन्छ, यो विषय उहाँले नै टुङ्ग्याउने विषय हो,” उनले भनेका छन्, ‘यो सरकारले भन्दा पनि सभामुखकै विषय हो ।’

जबराविरुद्ध सत्ता गठबन्धनले ०७८ फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गराएको थियो । अगाडि छलफल नबढेको प्रस्तावलाई टुङ्ग्याउने भन्दै प्रतिनिधि सभाको कार्यकाल सकिने बेला महाभियोग सिफारिस समिति गठन गरिएको थियो ।

प्रतिनिधि सभाको कार्यकाल सकिएपछि संसद्का महासचिव डा.भरतराज गौतमले महाभियोग निष्क्रिय भएको पत्र दिएपछि जबरा अदालत जान लागेपनि अन्तिममा रोकिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved