फेरि बढ्यो सुनको मूल्य

नेपालभ्युज

फेरि बढ्यो सुनको मूल्य

काठमाडौं।  नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर १ लाख १० हजार ३ सय रुपैयाँ पुगेको हो ।

यतै तेजाबी सुनको मूल्य पनि आज तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढ्दै एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved