बारा-२ मा उपेन्द्र यादवलाई प्रदेश सांसद जयसवालको समर्थन

नेपालभ्युज

बारा-२ मा उपेन्द्र यादवलाई प्रदेश सांसद जयसवालको समर्थन

काठमाडौं। मधेस प्रदेशका निर्वाचित स्वतन्त्र सांसद प्रमोद जयसवालले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जसपाबाट उम्मेदवारी दिएका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेका छन् ।

बारा क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित सांसद जयसवालले शनिबार विज्ञप्ति जारी गरी उम्मेदवार यादवलाई समर्थन गरेका हुन्। उनले उम्मेदवार यादवलाई मतदान गर्न बारा २ का जनतासँग अपिलसमेत गरेका छन्।

मधेस आन्दोलनको नेतृत्व गरी मधेसका सवालहरू सम्बोधन गराउन र देशमा संघीयता स्थापित गराउन अतुलनीय योगदान गरेको र नागरिकता लगायतका समस्या समाधानका लागि जसपा अध्यक्ष यादव संसदमा पुग्नुपर्ने सांसद जयसवालले उल्लेख गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved