पोखराको सेती खोंचमा खसेर बालिका बेपत्ता

नेपालभ्युज

पोखराको सेती खोंचमा खसेर बालिका बेपत्ता

पोखरा। पोखरामा एक बालिका सेती खोंचमा खसेकी छन् । शनिबार दिउँसो खेल्न पुगेका पोखरा ८ का स्मृति पराजुली सेती खोंचमा खसेकी हुन् ।

पोखरा ८ नागढुंगा बस्ने स्मिृति तीनजना साथीसँग मिलेर खेल मैदानमा जाँदै गर्दा सेती खोंचमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पोखरा-१५ स्थित हरियो खर्कको खेलमैदानमा जाँदै गर्दा सेती नजिकैको भ्वाङमा परेको देखिएको थियो।

दिउँसो ३ बजेको समय खोंचमा खसेपछि जिल्ला प्रहरी कार्यालय कास्कीको उद्धार टोलीले खोजी कार्यलाई तीव्रता दिइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved