मेवा कुन समयमा खानु फाइदाजनक ?

नेपालभ्युज

मेवा कुन समयमा खानु फाइदाजनक ?

एजेन्सी। के तपाईंलाई मेवा मन पर्छ ? यदि, मन पर्छ भने, यसका पोषक तत्व पाउनका लागि यसलाई खाने सही समयका बारेमा पनि जान्न जरुरी छ । हरेक खानपानको सही समय भएजस्तै मेवाको पनि खाने सही समय छ।

यदि, पाचन प्रक्रियालाई राम्रो बनाउनका लागि मेवा खान चाहनुहुन्छ भने यसलाई भोजन गर्नुभन्दा आधा घण्टा महिला वा दुई घण्टापछि खानुपर्दछ ।

मेवा ऊर्जाको एकदमै राम्रो स्रोत हो, त्यसैले दिउँसोको समयमा ऊर्जा दिने काम गर्दछ । यसमा फाइबर प्रशस्त पाइने भएकाले पाचनक्रियाका लागि पनि राम्रो हुन्छ ।

यदि, कब्जियतको समस्या छ भने पनि मेवा खानु एकदमै राम्रो हुन्छ । त्यसका लागि मेवामा वीरेनुन लगाएर खान सकिन्छ । यसका लागि रातको खानाभन्दा एक घण्टा पहिला मेवाको सेवन गर्न सकिन्छ।

त्यस्तै, मेवालाई रात वा साँझको समयमा खानाले राम्रो निद्रा आउने गर्दछ । किनकि, यसमा ट्रिप्टोफ्यान नामक एमिनो एसिड पाइन्छ । यसमा पपैन नामक पाचक एन्जाइम हुन्छ जसले प्रोटिनलाई टुक्राउने काम गर्दछ ।

शरीरमा पानीको कमी भएको खण्डमा त्यसलाई पूर्ति गर्न पनि मेवाको सेवन गर्न सकिन्छ । त्यसका लागि मेवालाई नास्तामा वा दिउँसोमा सेवन गर्नु राम्रो मानिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved