अनुहारमा एसपीएफ किन लगाउनु पर्छ ?

नेपालभ्युज

अनुहारमा एसपीएफ किन लगाउनु पर्छ ?

एजेन्सी । एउटा सामान्य छालाको सुरक्षाको रुटिनमा क्लींजिंग, टोनिंग, मोइस्चराइजिंग र सनस्क्रीनको एकदमै आवश्यक पर्दछ । कतिपय व्यक्तिलाई अहिले पनि सनस्क्रीन घर बाहिर निस्कदाँ मात्र लगाउनु पर्छ भन्ने बुझाई छ । त्यस्तै कतिपयले एसपीएफ गर्मीमा मात्र लगाउनु पर्छ भन्दछन् ।

त्यसो होइन एसपीएफ वर्षको ३६५ दिननै लगाउनु आवश्यक हुन्छ । यस्तो किन जरुरी छ भने UVA तथा UVB किरणहरु सूर्यबाट मात्र नभएर घरका ट्यूबलाइटबाट पनि निस्कने गर्दछ । सूर्यको नराम्रो किरणहरुले छालालाई यति जलाउँछ कि त्यसले संक्रमणसमेत ल्याउन सक्छ । छाला रातो हुने, पत्रहरु निस्कने तथा विभिन्न खालको समस्या आउन सक्छ ।

एकदमै गर्मीमा बिना सनस्क्रीन निरन्तर छालालाई देखाउँदा छालाको क्यान्सर समेत हुन सक्ने छाला रोग विशेषज्ञहरुले बताएका छन् । त्यसैले घर बाहिर निस्कनपूर्व २० मिनेट अगाडि सनस्क्रीन लगाउनु पर्ने हुन्छ । साथै घरमै बस्दा पनि दिनको समयमा सनस्क्रीन लगाउनु पर्दछ ।

त्यस्तै बिना सनस्क्रीन बाहिर निस्कने गर्दा छाला जल्नुका साथै छाला सुख्खा हुने साथै चमक हराउन सक्छ । सनस्क्रीन नियमित लगाउने गरेमा छालाको चमक हराउँदैन साथै छाला तथा अनुहार सधैं जवान देखिने गर्दछ । छिटो चाउरीपनाको समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ । त्यसैले नियमित रुपमा सनस्क्रीन लगाउने गर्नुपर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved