नेटवर्किङ मार्फत ५५ लाख ठगी गरेको आरोपमा पक्राउ

नेपालभ्युज

नेटवर्किङ मार्फत ५५ लाख ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं। ठगी गरेको आरोपमा नेपाल प्रहरीले सुनसरी धरानकी एक महिलालाई पक्राउ गरेको छ। काठमाडौं चाबहिल बसेर नेटवर्किङ व्यवसायमार्फत युवा युवतीलाई ठगेको आरोपमा ३५ वर्षीय जुनुकला राई पक्राउ परेको प्रहरीले जनाएको छ।

उनले चावहिल गंगाहिटीमा ‘भिजन ड्रिमरी प्रालि’ नामको कम्पनी सञ्चालन गरेर आकर्षक आम्दानीको लोभ देखाएर ठगी गरेको काठमाडौं प्रहरीले जनाएको छ ।

राईले आकर्षक कमाइ हुने भन्दै १६ देखि २५ वर्षका युवायुवतीलाई न्यूनतम २५ देखि ४६ प्रतिशतसम्म नाफा हुने र विदेश भ्रमण गर्न पाइने प्रलोभन देखाउँदै पाँच लाखसम्म लगानी गर्न लगाएको खुलेको छ।

यसरी लगानी गरेर कमाउन चाहनेले कम्तीमा ११ हजार ३ सयदेखि ५ लाख रुपैयाँसम्म तिरेर सदस्यता लिने र आफ्नो मातहतमा ४ जना सदस्य बनाएपछि लगानी फिर्ता पाउने आश्वासन दिने गरेको पनि खुलेको छ।

त्यस्तै, कम्पनीले उत्पादन गरेको गुणस्तर परीक्षण नगरेको तयारी पोसाक, जुत्ता र हस्तकलाका सामान महँगो मूल्यमा बिक्री गर्न पनि लगाएको पाइएको प्रहरीले जनाएको छ।

जुनुकलाविरुद्ध १४ जनाले लिखित र ३६ जनाले मौखिक उजुरी दिएको प्रहरीले जनाएको छ । लिखित उजुरी दिनेले १७ लाख ३ हजार ४ सय र मौखिक उजुरी गर्नेले ३८ लाख १९ हजार ४ सय रुपैयाँ ठगी गरेको दाबी गरेका प्रहरीले जनाएको छ।

जुनुकलामाथि ठगी आरोपमा अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतबाट अनुमति लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved