फोहोरलाई देखाएर राजनीति गर्नु हुँदैन, निकास दिनुपर्छः मन्त्री गुरुङ

नेपालभ्युज

फोहोरलाई देखाएर राजनीति गर्नु हुँदैन, निकास दिनुपर्छः मन्त्री गुरुङ

काठमाडौं ।  शहरी विकास मन्त्री सीता गुरूङले फोहोरलाई देखाएर राजनीति गर्न नहुने बताएकी छन् । सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री गुरुङले काठमाडौंको फोहोर व्यवस्थापनका लागि मन्त्रालयलको समन्वय गर्ने मात्रै जिम्मेवारी रहेको बताईन् ।

उनले फोहोर व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाको भएको भन्दै मन्त्रालयले व्यवस्थापनका लागि समन्वयकारी भुमिका निर्वाह गर्न कन्ज्युस्याँइ नगर्ने बताईन् । उनले महानगरको सिंहदरबारको फोहोर नउठाउने कदमको सम्बन्धमा मन्त्रालयमा छलफल भएको र समस्या समाधानका लागि समिति नै बनाएर अघि बढ्न लागिएको बताईन् । उनले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने बताईन् ।

‘हामीले समन्वयकारी भुमिका निर्वाह गर्ने कुरामा कुनैपनि कन्ज्युस्याँइ हुँदैन । विगतमा यहाँको फोहोर व्यवस्थापनको निम्ति शहरी विकास मन्त्रालयले समन्वय गरेर बञ्चरेडाँडासम्मको सडक निर्माण र अर्को भौतिक पूर्वाधार संरचना निर्माणको लागि जुन जिम्मेवारी थियो त्यो पूरा गरिसकेको कारणले गर्दा अब हामीले समन्वय गर्ने काम मात्रै हो’, उनले भनिन, ‘हिजो मात्रै हामीले मन्त्रालयमा छलफल गरेका छौँ । हामी तत्कालै बैठक बसेर एउटा समिति नै तयार गरेर त्यसबाट के गर्न सकिन्छ भन्ने एउटा निर्णय गरेर अगाडी बढ्ने भनेका छौँ । फोहोरलाई देखाएर हामीले राजनीति होइन, निकास दिनुपर्छ । त्यो कुरामा हामी लागि परेका छौँ ।’

समस्या समाधानका लागि सरकार लागि परेको मन्त्री गुरुङले बताईन्  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved