सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

नेपालभ्युज

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज सुनुवाइ हुँदैछ।

जिल्ला अदालत काठमाडौंमा आजदेखि लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो । यसअघि गएको शुक्रबार सुनुवाइको लागि मुद्दा पेशीमा चढेपनि न्यायाधीसले हेर्न नभ्याएका कारण आइतबारको लागि सारिएको हो ।

काठमाडौं जिल्ला अदालतले यसअघि सन्दीपलाई पुर्पक्षको लागि जेल पठाउन आदेश दिएपनि उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ। यस्तै, विदेश जान नपाउने उच्च अदालतको सर्त सर्वोच्च अदालतले खारेज गरिदिएपछि सन्दीपले विदेशमा गएर समेत नेपालको लागि खेलिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved