सञ्चारमाध्यमले कानुन नै बनाउनु हुँदैनझैँ समाचार छापे : मन्त्री शर्मा

नेपालभ्युज

सञ्चारमाध्यमले कानुन नै बनाउनु हुँदैनझैँ समाचार छापे : मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार विधेयकबारे सञ्चारमाध्यममा प्रकाशन भएका समाचारहरूप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले असन्तुष्टि व्यक्त गरेकी हुन् ।

उनले मन्त्रालयमा छलफल नै नभएको विषयवस्तुहरूलाई लिएर समाचार प्रकाशन एवं प्रशारण हुँदा नीति निर्माण गर्नेहरूलाई कानुन नै बनाउन नहुने हो कि भन्ने स्थिति आएको बताइन् ।

उनले प्रक्रिया सुरु नगर्दा नै सञ्चारमाध्यमहरूले कल्पना गरेर समाचार प्रकाशन गरेको आरोप लगाइन् । मन्त्री शर्माले कानुन बनाउँदा सरकारले राष्ट्रिय हित सर्वोपरी राखेर नै निर्माण गर्ने र कानुन निर्माणको प्रक्रिया आफूलाई स्पष्टरूपमा जानकारी रहेको पनि बताइन् ।

उनले अनलाइन मिडियाहरूलाई नियमन गर्नसक्ने कानुन सरकारसँग नरहेको भन्दै आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन बनाउँदा सबैकुरा समेटेर निर्माण गर्ने प्रतिबद्धतासमेत जनाइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved