‘ए’ डिभिजन लिग : थ्री स्टारको तेस्रो जित, हिमालयन शेर्पा र मछिन्द्रको बराबरी

नेपालभ्युज

‘ए’ डिभिजन लिग : थ्री स्टारको तेस्रो जित, हिमालयन शेर्पा र मछिन्द्रको बराबरी

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लबले तेस्रो जित हासिल गरेको छ। च्यासल रंगशालामा भएको खेलमा थ्री स्टारले त्रिभुवन आर्मी क्लबलाई १–० को गोलअन्तरले पराजित भएको हो।

थ्री स्टारको लागि अजयी मार्टिन्सले निर्णायक गोल गरे। खेलको १७औँ मिनेटमा मार्टिन्सले गोल गरे। अर्को खेलमा हिमालयन शेर्पा क्लब र मछिन्द्र क्लबबीचको खेल बराबरीमा सकिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा हिमालयन र मछिन्द्रले १–१ गोलको बराबरी खेलेका हुन्।

हिमालयन शेर्पाको लागि सत्यम शर्माले गोल गरे भने मछिन्द्रको लागि विमल घर्ती मगरले गोल गरे।

खेलको ८६ औँ मिनेटमा सत्यमले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए। इन्ज्यूरी समयमा विमलले मछिन्द्रको लागि गोल गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved