सुनको मूल्यमा प्रतितोला ८ सय रुपैयाँले गिरावट

नेपालभ्युज

सुनको मूल्यमा प्रतितोला ८ सय रुपैयाँले गिरावट

काठमाडौं। अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेकाे छ। बुधबार हालसम्मकै उच्च मूल्य कायम हुँदै छापावाला सुनको मूल्य १ लाख ११ हजार रुपैयाँ पुगेको थियो। तर, आज ८ सय रुपैयाँले घट्दै सुनको मूल्य १ लाख १० हजार २ सय रुपैयाँमा झरेको हो ।

यस्तै, यता तेजाबी सुनको मूल्यसमेत आज तोलामा ८ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढ्दै गर्दा यता चाँदीको मूल्य स्थिर रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved