उपनिर्वाचनमा चितवन र बाराका उम्मेदवारले २९ र तनहुँकाले ३१ लाख खर्च गर्न पाउने

नेपालभ्युज

उपनिर्वाचनमा चितवन र बाराका उम्मेदवारले २९ र तनहुँकाले ३१ लाख खर्च गर्न पाउने

काठमाडौं। निर्वाचन आयोगले वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रुकमको सीमा निर्धारण गरेको छ।

आयोगका अनुसार चितवन र बाराका उम्मेदवारले २९ लाख अनि तनहुँकाले ३१ लाख खर्च गर्न पाउनेछन्। आगामी वैशाख १० गते आइतबार तीन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ। यहाँ राष्ट्रिय राजनीतिमा चिनिएका अनुहारसहित पूर्वप्रहरीका हाकिम र अर्थविद्समेत चुनावी प्रतिस्पर्धामा छन्।

आयोगको बैठकले उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिएबमोजिम नै हुनेगरी चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ तथा बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ का लागि २९ लाख रुपैयाँ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ का लागि ३१ लाख रुपैयाँ खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरेको आयोगले जनाएको छ।

आयोगले तोकेको सिमाभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिमार्फत निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्नसमेत आयोगले जानकारी गराएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved