रवि लामिछानेलाई गैरकानुनीरूपमा उन्मुक्ति दिइएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

नेपालभ्युज

रवि लामिछानेलाई गैरकानुनीरूपमा उन्मुक्ति दिइएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गैरकानूनी रूपमा उन्मुक्ति दिइएको भन्दै सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

लामिछानेमाथि पर्याप्त अनुसन्धान नगरी उनीमाथि मुद्दा नचल्ने निर्णय भएको भन्दै अधिवक्ता युवराज सफलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन्। उनको दर्ता नम्बर रिट नं.०७९–WO–१०८७ हो ।

लामिछानेले अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको भन्दै पौडेलले रिट दर्ता गरेका हुन्। रिटपछि मंगलबार १० बजे हाजिर हुन तारिख पर्चा दिइएको छ। आइतबार नै रिट लिएर अदालत पुगेका पौडेललाई केहि सच्याउनुपर्ने भन्दै फिर्ता पठाइएको थियो।

अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिक हुँ भन्नु र पासपोर्ट निवेदन फारम भरी नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५ (ख) विपरीतको कार्य र कसुर हो भन्ने कुरामा विवाद नहुँदा नहुँदै महान्यायाधिवक्ताले निज रवि लामिछाने उपर मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण छ भन्ने प्रस्ट रहेको जिकिर रिटमा गरिएको छ।

राहदानी प्राप्त गर्ने कार्यमा लामिछानेको आपराधिक मनसाय नरहेको भनेर महान्यायाधिवक्ताले गरेको निर्णय गलत भन्दै पौडेलले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर महान्याधिवक्ताले निष्कर्ष निकालेको दाबीसमेत गरेका छन् ।

लामिछानेले उक्त राहदानी कुन–कुन समयमा के कुन प्रयोजनका लागि प्रयोग गरेका थिए भन्ने विवरण अध्यागमन विभागबाट झिक्नुपर्ने पनि पौडेलको माग रहेको छ ।

दोहोरो छलफल नभएसम्म लामिछानेलाई नेपाली नागरिकको रूपमा राजनैतिक अधिकार प्रयोग गर्न नदिनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम निर्वाचन आयोग लगायतका विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गर्न पनि पौडेलले रिटमा उल्लेख गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved