सञ्चारमाध्यम भजनमण्डली बन्नु हुँदैन : मन्त्री शर्मा

नेपालभ्युज

सञ्चारमाध्यम भजनमण्डली बन्नु हुँदैन : मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरू भजनमण्डली बन्न नहुने बताएकी छिन् । सोमबार रेडियो नेपालको ७३औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कुनै पनि सञ्चारमाध्यमहरू भजनमण्डली बन्नु नहुने बताएकी हुन् ।

उनले कतिपय सञ्चारमाध्यमहरू सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको उल्लेख गर्दै सञ्चारमाध्यम भजनमण्डली हुनु हुँदैन भनेर नै सैद्धान्तिक मान्यताअनुसार प्रसारण ऐन संसदमा प्रस्तुत भएको बताइन् ।

उनले प्रसारण ऐन पारित भइसकेपछि सञ्चार माध्यमहरूमा नयाँ वातावरण सिर्जना हुने बताइन् । सरकारले आमसञ्चार ऐन र मिडिया काउन्सिल ऐन पनि संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेको उनको भनाइ छ । मन्त्री शर्माले अहिले पनि सबै क्षेत्रमा इन्टरनेटको पहुँच विस्तार गर्न नसकेको बताइन् ।

उनले भनिन्, ‘सञ्चार विधेयक राष्ट्रिय सभाको समितिमा पुगेर अन्तिम अवस्थामा छ। त्यसलाई हामीले प्रतिनिधि सभामा पुर्‍याउन खोज्दैछौँ । हामीले भनेका छौं, सञ्चारमाध्यमहरू सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको छ । तिनीहरू भजनमण्डली हुनुहुँदैन भनेका छौँ ।

मन्त्री शर्माले जनतालाई सुसूचित बनाउने, जनतामाझ प्रभावकारी काम गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रमहरू सञ्चारमाध्यमहरूले प्रसारण एवं प्रकाशन गर्न जरुरी रहेको बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved