प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्ने तीन युवा जेल चलान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना जेल चलान भएका छन्। सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बागलुङ सोम शर्मा जेल चलान भएका हुन्।

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्ने तीन युवा जेल चलान

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना जेल चलान भएका छन्। सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बागलुङ सोम शर्मा जेल चलान भएका हुन्।

आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो। तर, धरौटी नतिरेपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले जानकारी दिए।

गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री सहभागी एक कार्यक्रममा उनीहरूले नाराबाजी गरेका थिए। नाराबाजी गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्रेको थियो।

 

प्रचण्डविरुद्ध नाराबाजी गर्नेलाई पक्राउ गर्दा मुख थुनिएको भन्दै सरकारको आलोचना

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी- युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved