एक हप्ताभित्र सरकारले पूर्णता पाउँछ : अध्यक्ष यादव

नेपालभ्युज

एक हप्ताभित्र सरकारले पूर्णता पाउँछ : अध्यक्ष यादव

धनगढी। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको गठबन्धनले मूर्तरूप लिएको बताएका छन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले अबको एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरे ।

नेकपा एमाले सहितको गठबन्धनका बेला सरकार कुन दिशामा अगाडि बढ्ने अन्योल भएका कारण सरकारमा सहभागी नभएको बताउँदै यादवले अब जसपा पनि सरकारमा सहभागी हुने बताए । एक साताभित्र मन्त्रिपरिषद् विस्तार हुने दाबी गर्दै यादवले सबैको सल्लाहबमोजिम मन्त्रीको सिफारिस गर्ने बताए ।

जनता समाजवादी पार्टी पनि कम्युनिस्ट आन्दोलनबाटै आएको बताउँदै यादवले अहिले कम्युनिस्ट त्यागेर समाजवादतर्फ उन्मुख भएको दाबी गरे ।

अब जनता समाजवादी पार्टी समाजवादतर्फ मात्रै केन्द्रित भएका कारण नेकपा एकीकृत समाजवादीले पनि नेकपा छोडेर एकीकृत समाजवादी मात्रै रोजे एकता हुने उनको भनाइ थियो ।

नेता कार्यकताहरूका बीच अन्य सबै तालमेल मिले पनि कम्युनिस्ट छोड्ने विषयमा नेकपा एकीकृत समाजवादीले निर्णय लिन नसकेका कारण एकता रोकिएको उनको भनाइ छ ।

यादवले बारा क्षेत्र–२ बाट उपनिर्वाचन लड्नेबारे छलफल गरिरहेको बताए । चुनावलाई फुटबल गेमको संज्ञा दिँदै उनले एकपटक गोल नभए अर्कोपटक प्रयास गर्नुपर्ने बताएका थिए।

गठबन्धन र पार्टीको निर्णयपछि आधिकारिकरूपमा आफू उम्मेदवार बन्ने घोषणा गर्ने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved