लघुवित्तको ८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा एकजना पक्राउ

संस्थामा आबद्ध सदस्यहरूको विभिन्न मितिमा किर्ते कागजात बनाई अनधिकृत रुपमा पैसा निकालेको भन्ने उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपालभ्युज

लघुवित्तको ८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा एकजना पक्राउ
सांकेतिक तस्वीर

नुवाकोट । नुवाकोटमा आरम्भ चौतारी लघुवित्तको ८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

तादी गाउँपालिका–३ मा रहेको आरम्भ चौतरी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय खरानीटार नुवाकोट शाखाका तत्कालीन शाखा प्रबन्धक विवश पाण्डे संस्थाको पैसा हिनामिना गरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

संस्थामा आबद्ध सदस्यहरूको विभिन्न मितिमा किर्ते कागजात बनाई अनधिकृत रुपमा पैसा निकालेको भन्ने उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पाण्डेले ८ करोड २२ लाख ६५ हजार ५ सय ९७ रुपैयाँ ४० पैसा अपचलन गरेको आरोप छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved